ट्रेण्डिङ

होमपेज / समाज

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १८:०४:५१ मा प्रकाशित

काठमाडौं । कांग्रेसनेता तथा सांसद प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । 

सरकारले उनलाई राजकीय सम्मानका साथ बिदाइ गरेको हो । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाट पुगेका थिए।अन्त्येष्टिका लागि चितामाथि राखिएको गिरीको पार्थिव शरीरलाई फूल चढाएर उनीहरूले अन्तिम बिदाई गरे ।

गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागबत्ती दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top