होमपेज / समाज
काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन् ।
केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन।चालू आर्थिक वर्षको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ ।
तर स्थानीय तहहरुले आफुहरुलाई कुनै रकम उपलव्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । धर्नाबाट पनि आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।