ट्रेण्डिङ

होमपेज / समाज

सांसद प्रदीप गिरिको निधनमा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा शोक व्यक्त

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १४:४२:३१ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेसका नेता सांसद प्रदीप गिरिको निधनमा उपराष्ट्रपति नन्दबहादुर पुनले शोक व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता गिरिको निधनमा शोक व्‍यक्त गरेका हुन्।विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरिज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले माननीय प्रदीप गिरीज्यूको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ ।’

 ७५ वर्षीय गिरिको शनिबार राति उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top