ट्रेण्डिङ

होमपेज / समाज

सानेपाबाट नेता गिरीको अन्तिम बिदाई

गिरिको अन्तिम सँस्कार आर्यघाटमा अपराह्न हुने

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १४:२८:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिबार राति निधन भएको छ ।  ललितपुरको मेडिसिटी अस्पतालको उपचाररत गिरिको शनिबार राति साढे ९ बजे निधन भएको हाे ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ नेता रामचन्द्र पौडेललगायत नेताले उनको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका छन।

कांग्रेसका शीर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ता गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन् । यसअघि गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।कांग्रेसले गिरिको अन्तिम स‌ंस्कार आर्यघाटमा अपराह्न हुने जनाएकाे छ ।

उनी सिरहाबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । गिरि नेपाली राजनीतिका वैचारिक नेता मानिन्थे । उनी मार्क्सवादी दर्शनका ज्ञाता थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top