होमपेज / समाज
काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप समस्या देखिएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गिरीको अवस्था गम्भीर रहेको र आफू उनको अवस्था देखेर स्तब्ध र निरीहर रहेको जनाएका छन् ।
‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु - सबैले प्रार्थना गरौँ,’ निधिले ट्विट गरेका छन् ।