ट्रेण्डिङ

होमपेज / समाज

बन्चरेडाँडावासीलाई गगन थापाको आग्रह-फोहोर फाल्न दिनुहोस्

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १९:२९:३३ मा प्रकाशित

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिसडोल र बन्चरेडाँडाबासीलाई काठमाडौंको फोहोर फाल्न अवरोध नगरिदिन अनुरोध गरेका छन् । 

महामन्त्री थापाले सामाजिक सञ्जालमामार्फत फोहोरकै कारण महामारी फैलन सक्ने सम्भावना बढेको समेत बताएका छन्।

'काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ।अतःसिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ, समाधान निकालौँ,' नेता थापाले भनेका छन् ।

साथै अवरोधमा संलग्नहरुलाई बसेर संवाद र समीक्षा गरेर समाधान निकाल्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top