ट्रेण्डिङ

होमपेज / समाज

फोहोर बोकेका गाडी रोक्न खोजेपछि बञ्चरेडाँडामा झडप,एक जना पक्राउ

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १४:१०:५४ मा प्रकाशित

काठमाडौं ।  फोहोर बोकेका गाडीलाई रोक्न खोजेपछि नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । 

फोहोर बन्चरेडाँडासम्म पुर्‍याउन ठुलो संख्यामा प्रहरी परिचालन गरेपनि सिसडोलबाट गाडी पास हुन सकेका छैनन् ।फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।

काठमाडौं महानगरपालिका कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईले आज पनि ठाउँ–ठाउँमा स्थानीयले अवरोध जारी राखेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top