ट्रेण्डिङ

होमपेज / समाज

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य

आयल निगमले भन्यो- भारतबाट मूल्य घटेर आए पनि इन्धनको मूल्य घट्दैन

नेपालगाथा २०७९ श्रावण ३१ गते मंगलबार १८:३८:१४ मा प्रकाशित

काठमाडौं ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। आइओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य समायोजन नगर्ने भएको छ। 

घटेरै आएको मूल्यमा पनि निगम मासिक ६२ करोड रुपैयाँ घाटामा रहेको भन्दै पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नघट्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

अहिलेको मूल्यमा बेच्दा पनि पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा भएपनि डिजेलमा भने ४ रुपैयाँ ५० पैसा घाटा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top