ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङ्काल शाखाका कर्मचारी घूससहित पक्राउ

नेपालगाथा २०७९ श्रावण ३१ गते मंगलबार १५:५३:४० मा प्रकाशित

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top