ट्रेण्डिङ

होमपेज / समाज

बालेन साहले भने: सत्तारुढ र विपक्षी दलले फोहोर व्यवस्थापनमा अवरोध गरे

नेपालगाथा २०७९ श्रावण ३० गते सोमबार १९:३५:१८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सत्तारुढ दलकै स्थानीय नेताहरूको अगुवाइमा काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याइएको आरोप लगाएका छन् ।

 उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । 

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यद्यपि, २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगियो । तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरू बञ्चरेडाँडा लैजान सकियो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top