होमपेज / समाज
काठमाडौं । बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली पनि हानेका थिए।
आफ्ना मागहरू पूरा नभएको भन्दै पटकपटक स्थानीयले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।