होमपेज / समाज
काठमाडौं । बञ्चरेडाँडामा फोहोरको अवरोध हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।
स्थानीय विभिन्न राजनीतिक दलहरुसँगै नागरिकले आन्दोलन चर्काएका छन् ।आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।
स्थानीय प्रहरीले अवरोध हटाउन नसकेपछि थप प्रहरी परिचालन गरिएको विभागीय प्रमुख सरिता राईले बताइन् ।