होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयलाई जोडेर पछिल्लो केही दिन यता प्रशारित तथा प्रकाशित भएका समाचारहरुप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार विश्वविद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले समाचारमा आएजस्तो विश्वविद्यालयका बारेमा कुनै गतिविधि नभएको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धानका लागि आवश्यक सूचना लिएको प्रष्ट पार्नुभयो ।
केही छापा तथा विद्युतीय सञ्चारमाध्यमहरुमा विश्वविद्यालयका कागजातहरु नियन्त्रणमा लिएको जस्ता भ्रामक, सत्यतथ्यहिन समाचार सम्प्रेषण भएको बताउँदै रजिष्ट्रार प्राडा पौडेलले यस्ता भ्रामक समाचार सम्प्रेषणले विश्वविद्यालयको प्राज्ञिक मर्यादा एवम् गरिमामाथि आँच आउने भएकाले सम्बन्धित पक्षसँग आधिकारिक तथ्यको बारेमा सूचना लिइ सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । साथै उहाँले विश्वविद्यालयको प्राज्ञिक मर्यादा उच्च राख्नका लागि सरोकारवाला सबैमा आह्वान समेत गर्नुभयो ।