होमपेज / समाज
काठमाडौं । ट्राफिक प्रहरीले माधक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। ट्राफिक प्रहरीले यही ४ साउनदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाएको थियो ।
यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो।