ट्रेण्डिङ

होमपेज / समाज

टिपरले बाख्रा किचेपछि सिसडोलवासीले रोके फोहोर बोकेको ट्रक

नेपालगाथा २०७९ श्रावण २९ गते आइतबार १४:५८:४३ मा प्रकाशित

काठमाडौं । फोहोर बोकेर काठमाडौंबाट बञ्चरेडाँडातर्फ गएको ट्रिपरले नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा बाख्रालाई  किचेर मारेपछि स्थानीयले केहीबेर बाटो अवरोध गरेका छन् । 

आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् ।सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । 

शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो ।पीडित र पीडक पक्षबीच सहमति भएपछि बाटो खुलेको छ,’ ओखरपौवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक केदारबहादुर भट्टले भने, ‘दुबै पक्षको इच्छा अनुसार सहमति भएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top