ट्रेण्डिङ

होमपेज / समाज

सामुदायिक अंक पत्र मार्फत संस्थागत विकास

नेपालगाथा २०७९ श्रावण २८ गते शनिबार २२:४६:४५ मा प्रकाशित

सुर्खेत । संस्थागत विकासका लागि सामुदायिक अंक पत्रले संस्थाको आन्तरिक सुशासन र व्यवस्थापनमा सुदृढ भएको क्रियटिभ क्लवका अध्यक्ष त्रिभुवन बिसीले बताउनु भएको छ । 
शनिबार क्रियटिभ क्लवका कार्यसमिति र साधारण सदस्यबीच आमने सामने गरिएको सामुदायिक अंक पत्र विश्लेषण कार्यक्रममा क्लवले प्राप्त गरेको अंक सन्तोषजनक भएपछि अध्यक्ष बिसीले यस्तो बताउनुभएको हो । 


समावेशी सुशासन र उत्थानशील समुदाय निर्माणका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ प्रयास परियोजनाले सञ्चालन गरेको नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिवृद्धिका लागि सामुदायिक अंक पत्रको प्रयोग सुर्खेतका विभिन्न युवा संस्थाहरुमा गरिएको छ । जस अन्तर्गत नेपाल युवा संस्था सञ्जालको सदस्य संस्था क्रियटिभ क्लवले सामुदायिक अंक पत्रको विश्लेषणबाट संस्थाको आन्तरिक सुशासन अभिवृद्धिमा उल्लेखनीय उपलब्धी गरेको हो । 


करिब ६⁄६ महिनाको अन्तरालमा तीन पटक गरिएको सामुदायिक अंक पत्रमा क्रियटिभ क्लवले कुल ९५ अंकमा ७४ अंक प्राप्त गरेको छ । यस अघि गरिएको सामुदायिक अंक पत्रमा पहिलो र दोस्रोमा क्रमशः ४२ र ६४ अंक प्राप्त गरेको थियो । 
आयोन नेपालका प्रयास परियोजना संयोजक रेखा वलीले क्रियटिभ क्लवले संस्थाको आन्तरिक सुशासनका सन्दर्भमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । संस्थाका कार्यसमिति र साधारण सदस्यहरुको सक्रियता र लगनशीलताले क्लवले छोटो समयमा धेरै नीति नियम बनाउनुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा समेत क्रियशील भएको बताउनुभयो । 


कार्यक्रममा भिएसओ नेपालका नेसनल भोलन्टियर रिता नेपाली र आयोनका प्रयास परियोजना संयोजक यामबहादुर थापाको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा क्रियटिभ क्लवले वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top