होमपेज / समाज
सुर्खेत । महंगी र भष्टाचारविरुद्ध शनिबार एमाले निकट जनवर्गीय संगठनको आयोजनामा सुर्खेतमा प्रदर्शन गरेकाे छ । देशमा दिनप्रतिदिन बढिरहेकाे महंगी र भ्रष्टाचारका बिरूद्द एमाले देशभर विराेध जनाएकाे हाे । यसै क्रममा शनिबार सुर्खेतकाे वीरेन्द्ररनगरमा प्रदर्शन गरेकाे हाे । प्रदर्शन पछि पिपलचौतारामा आयोजित कोणसभालाई सम्वाेधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले गठवन्धनले देशलाई आर्थिक संकटतर्फ धकेलेको आरोप लगाउनुभयाे । जनताको दैनिकी कष्टकर हुँदै गएका बेला गठबन्धन सरकारले बिचौलियालाई मौलाउन दिनका लागि करकाे दररेटमा समेच चलखेल गरेकाे बताउनुभयाे ।
.jpg)
दैनिक उपभाेग्य पदार्थकाे मूल्य आकाशिदैं गएकाे बताउँदै अध्यक्ष शाहले प्रदेश र संघीय निर्वाचन मार्फत जनताले गठबन्धनलाई नराम्ररी पछार्ने बताउनुभयाे । स्थानीय मंगलगढी चाेकबाट शुरु भएको बिराेध प्रदर्शन पिपलचौतारामा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न संगठनका करिव २ हजार बढीको सहभागिता रहेको थियाे ।
.jpg)
.jpg)