ट्रेण्डिङ

होमपेज / समाज

नायक भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

नेपालगाथा २०७९ श्रावण २६ गते बिहीबार १७:२०:३० मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका नायक भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । 

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top