ट्रेण्डिङ

होमपेज / समाज

अनिल परियारको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

नेपालगाथा २०७९ श्रावण २५ गते बुधबार १९:२६:२८ मा प्रकाशित

काठमाडौं ।  भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल रु २० हजार धरौटीमा छुटेका हुन् । भरतपुर महानगरपालिका–१२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि थिए । उको गत वैशाख २५ गते स्थानीय तहको निर्वाचनका समयमा आक्रमण गरी हत्या गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top