होमपेज / समाज
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सीमा अतिक्रमण हुँदा पनि सरकार चुप बसेको आरोप लगाएका छन् ।
नेता रावलले नेपालले आफ्ना सिमानामा नियमन गर्न आवश्यक रहेको बताए ।नेपालीहरूले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ ।
‘मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् । उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’ रावलले प्रश्न गरे ।