ट्रेण्डिङ

होमपेज / समाज

खानेपानी तथा सरसफाइ विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत

नेपालगाथा २०७९ श्रावण २५ गते बुधबार १७:०८:३२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताउनुभयो ।

उहाँले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top