होमपेज / समाज
काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ ।
बालाजु बाइपासमा भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको हो ।प्रहरी घटनास्थलमा पुगेका छन् ।अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार पाँच दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।