ट्रेण्डिङ

होमपेज / समाज

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ:रामकुमारी झाँक्री

नेपालगाथा २०७९ श्रावण २३ गते सोमबार १४:३१:२७ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन् ।

उनले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताइन् । झाँक्रीले शहरी विकासमन्त्री हुँदा  विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन् । 

सचिव झाँक्रीले नीतिगत तहमा अनियमितता रोक्न समिति बनाएर प्रतिवेदन तयार पारेको पनि बताइन् । उनले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top