ट्रेण्डिङ

होमपेज / समाज

ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाए

नेपालगाथा २०७९ श्रावण २२ गते आइतबार १८:५६:१२ मा प्रकाशित

काठमाडौं । महोत्तरीमा एक जना ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाएका छन्।

भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका-९ कन्चनवनकी रेशमादेवी सदा र उनकी छोरी प्रमिलाको शरीरमा शनिबार राती पौने १२ बजेतिर प्रमिलाका श्रीमान शंकर सदाले मट्टीतेल छर्किएर आगो लगाएका थिए।

सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top