ट्रेण्डिङ

होमपेज / समाज

कुलोमा डुबेर बालकको मृत्यु

नेपालगाथा २०७९ श्रावण २१ गते शनिबार १६:०८:४२ मा प्रकाशित

 काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top