ट्रेण्डिङ

होमपेज / समाज

झापाको पालिया खोलामा शिशुको शव फेला

नेपालगाथा २०७९ श्रावण २० गते शुक्रबार ११:००:३० मा प्रकाशित

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । 

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो। 

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top