ट्रेण्डिङ

होमपेज / समाज

फेरी हामी दुखीकै खायाे मुटु कलेजाे,चरी लैजा समाचार, हामी भयौँ बेघरबार...

नेपालगाथा २०७९ श्रावण १८ गते बुधबार १४:३३:२४ मा प्रकाशित

उदयपुर । बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।

 सुरक्षाकर्मीले डुंगामा राखेर स्थानीयलाई सार्न सुरु गरेका हुन् ।करिब दुई हजार परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने प्रदेश विपद् व्यवस्थापन समितिसमक्ष प्रभावित पालिकाका प्रमुखले जानकारी गराएका छन् ।कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयबीसीसहित संयुक्त रूपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् ।

मंगलबार दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोसीले अस्थायी बाँध भत्काएर बाढी बस्ती पसेको हो । बाढीमा परेर ३९ जना घाइते भएको तथ्यांक प्राधिकरणसँग छ । जसमध्ये देशभरको ४३ वटा जिल्लामा बाढी र पहिरोको प्रभाव देखिएको छ । बाढी र पहिरोले ८२ घर पूर्ण रूपमा क्षति गरेको छ भने ६४ वटा घरमा आंशिक क्षति भएको छ ।

 उदयपुरका प्रमुख जिल्ला अधिकारी धीरेन्द्र यादवले तत्कालै दुई हजार परिवारलाई सार्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

कोसी सम्झौता अनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीय बताउँछन् । लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top