होमपेज / समाज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ४१५ वटा नमुना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।