ट्रेण्डिङ

होमपेज / समाज

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

नेपालगाथा २०७९ श्रावण १७ गते मंगलबार १५:५५:३३ मा प्रकाशित

काठमाडौं ।  म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। 

मालिका गाउँपालिका– २, रूमको तामेङमा मंगलबार बिहान करिब साढे ४ बजे खसेको पहिरोले एकै घरका पाँच सदस्यको मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्। 

दुई घर पहिरोमा परेकोमा एक घरका पाँच जनाको मृत्यु भएको र अर्को घरका दुई सदस्य घाइते भएको मालिका २ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए । 

घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top