होमपेज / समाज
काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनताको पैसा खाएर नभाग्ने जनाएको छ ।
सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथाबाटै भए पनि फिर्ता गर्ने उल्लेख गरेका छन् ।‘म तपाईँहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईँहरूको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ‘, गौतमले भनेका छन् ।
अध्यक्ष गौतमको हस्ताक्षरसहित सार्वजनिक विज्ञप्तिमा उक्त सहकारीको विषयमा भ्रमात्मक र उत्तेजनात्मक समाचार प्रवाह गरिदिँदा आफ्नो परिवार नै असुरक्षित भएको उल्लेख छ ।