ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल दुर्घटनामा घाइतेको मृत्यु

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार १३:०३:४२ मा प्रकाशित

काठमाडौं ।  महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ ।

घटना भएका दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको छ । आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो ।

प्रदेश २–०२–००१ प ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका–२ स्थित सडकमा आमनेसामुने ठक्कर दिएका थिए । सो ठक्करमा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता कृष्णालाई जिल्लामा आवश्यक उपचार गराइ थप उपचारका लागि काठमाडौँ स्थित बीएण्ड बी अस्पतालमा लगिएको थियो ।

गम्भीर घाइते भएका कृष्णालाई ११ दिनसम्म सोही अस्पतालमा उपचार भइरहेकामा आज उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top