ट्रेण्डिङ

होमपेज / समाज

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार १२:१५:१५ मा प्रकाशित

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। 

आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे ।सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top