ट्रेण्डिङ

होमपेज / समाज

थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार ११:१९:०३ मा प्रकाशित

रुपन्देही । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् ।

मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्। कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ ।

 पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top