ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुपाल्चोकमा सडक भासियो,तातोपानी हुँदै चीन आउ–जाउ गर्ने बाटो बन्द

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार ११:०६:१९ मा प्रकाशित

काठमाडौं । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको छ । 

आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो ।सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवहाक सवारीसाधनको आवागमन रोकिएको छ ।

सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top