ट्रेण्डिङ

होमपेज / समाज

विप्लवसहित नेताहरूलाई किन जारी गरियाे पक्राउ पुर्जी?

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार १०:००:५२ मा प्रकाशित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

ललितपुर जिल्ला अदालतलबाट जारी पक्राउ पुर्जीमा भनिएको छ, '२०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ। अत: यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस अदालतमा उपस्थित हुनुहोला।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top