होमपेज / समाज
काठमाडौं । नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो ।
उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।
प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो ।