होमपेज / समाज
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच झन् बढाइएको छ ।
स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।