ट्रेण्डिङ

होमपेज / समाज

भूकम्पले भोजपुरको दुई घर भत्कायो

नेपालगाथा २०७९ श्रावण १५ गते आइतबार १३:०७:४३ मा प्रकाशित

काठमाडौं ।  आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका -१२ टक्सारमा दुई घर भत्केको छ ।आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top