होमपेज / समाज
काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा बढी जनसंख्या छ । यसमा २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्छन् तर ४० लाख मानिसले प्रयोग गर्ने भनेको फुटपाथ नै हो ।
त्यही फुटपाथमा पनि अतिक्रमणको लागि हानाथाप छ । देख्न सक्नेहरूलाई नै प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ?
समग्रमा काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भएर ढुक्कसँग हिँड्न योग्य छैनन् । काठमाडाैंका फुटपाथमा पाइला-पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी, फोहोर र निर्माण सामग्री जताततै भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुण्डिएका हुन्छन् ।
यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । फोहोरको उचित व्यवस्थापन नुहँदा सडक दुर्गन्धित बनेको छ । ढल सडकमै ढल बहन्छ । हिँड्दाहिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरू भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङस्थलको बारेमा सोच्न सकेको देखिँदैन । न्युज एजेन्सी नेपाल