होमपेज / समाज
काठमाडौं । योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अनुसन्धानका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो ।२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो ।
विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करो ५० लाख रूपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् ।दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनायो ।
अदालतले मामूली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध अपराध भएको खुलेको छ ।सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो ।
यस घटनाका मुख्य योजनाकारमा प्रहरीले सञ्जिव अर्याललाई ठहर्याएको छ । बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखभध्ये सञ्जिवले ८० लाख रुपैयाँ लिएको खुलेको छ ।यसैगरि, सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख दिएर सपनाले ८६ लाख ८९ हजार रूपैयाँ आफूले राखेकी थिइन् ।
सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए ।