ट्रेण्डिङ

होमपेज / समाज

आमाको थर र ठेगाना रोज्दा पुग्ने व्यवस्थाले भान्जाभान्जीको संख्या बढ्छन्:सांसद देवकोटा

नेपालगाथा २०७९ श्रावण १२ गते बिहीबार १६:१९:३६ मा प्रकाशित

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले आमाको थर र ठेगाना रोज्दा पुग्ने व्यवस्थाले भान्जाभान्जीको संख्या बढ्ने बताएका छन्।

 बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए ।

उनले भने,  'पहिचानसहितको नागरिकताका सकारात्मक पक्ष पनि होलान्। आमा र बाबुको थर र ठेगाना रोज्न पाउने भनिएकोमा मेरो संशोधन छ। यसबाट बिहे गरेर भारत गएका चेलिहरुका सन्तान (भान्जाभान्जी) बढ्ने हो।'

सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता, उता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top