होमपेज / समाज
काठमाडौं । सरकारी कागजात सच्याएकोमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार रूपैयाँ जरिबाना भएको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो।जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो ।