होमपेज / समाज
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् ।
तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् ।‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् ।
डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् ।