ट्रेण्डिङ

होमपेज / समाज

अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

नेपालगाथा २०७९ श्रावण १२ गते बिहीबार १४:४६:१२ मा प्रकाशित

काठमाडौं ।  फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन्।

बिहिबार काठमाडौं जिल्ला अदालत पुगेर फूर्पाले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्।आफूमाथि कुटपिट तथा सार्वजनिक स्थानमा गाली बेइज्जती गरेपनि मिरूनाले माफी नमागेपछि आफूले मुद्दा दर्ता गराएको फूर्पाले बताएका छन्। ‘उहाँले उजुरीमा माफी नमागेको उल्लेख गर्नुभएको छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने, ‘माफी नमागेपछि कानुनी कारबाही माग्दै उजुरी परेको छ ।’ फूर्पाले फिल्म प्राविधिक ठकुरीमाथि पनि कारबाहीको माग गरेका छन्।

फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top