होमपेज / समाज
काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आउँदो भदौ १ गतेदेखि बन्चरेडाँडातर्फ फोहोर लैजान नदिने जनाएको छ ।
बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो।“भदौ १ गतेदेखि कुनै पनि हालतमा उपत्यकाको फोहोरले निकास पाउँदैन । हामी फोहोर लैजान दिन्नौँ,” समितिका संयोजक श्रीराम ढुंगानाले बताए।
समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए ।