होमपेज / समाज
काठमाडौं । ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।बा३ख ४४४० नम्बरको बसले ग्वार्कोस्थित बीएण्डबी अस्पतालअगाडि बा२ज ६०१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएकाे थियाे ।
दुर्घटनाको कारण खुलिनसकेको ललितपुरका डीएसपी अंगुर जिसीले बताए ।