ट्रेण्डिङ

होमपेज / समाज

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

नेपालगाथा २०७९ श्रावण १० गते मंगलबार १४:३३:०६ मा प्रकाशित

काठमाडौं ।  बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि  कारागार चलान गर्न आदेश दिएको हो  ।  एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै  सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो । 

दुबैजनालाई पुर्पक्षका लागि  कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।  उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो  ।

पीडित महिला परिवारकै संरक्षण रहेकी छन् ।  नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । रासस
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top