होमपेज / समाज
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मंकीपक्सको प्रकोपबाट बच्न सरकारले के तयारी गरेको छ ? भन्दै गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताए ।“दुनियाँमा पाँचजनाले ज्यान गुमाए । धेरै ठूलो कुरो होइन होला । तर, अमेरिका, युरोपजस्ता देशमा हायलकायल बनाएको छ,” उनले भने, “हाम्रो सरकार कुनै सार्वजनिक ढंगले सरकार मौन बसेको छ । सरकार निद्रामा छ । हाम्रा सिमानामा साइनबोर्ड र एयरपोर्टमा साइनबोर्ड भएको छैन ।”
हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उनले सुनाए ।