ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख र उपप्रमुख स्काउटबाट दीक्षित 

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार १७:५४:५६ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाल स्काउटबाट दीक्षित हुनुभएकाे छ । वीरेन्द्रनगर नगरपालिका स्काउट तदर्थ समितिले साेमबार एक समाराेहका बीच नगर स्काउट संरक्षका रूपमा प्रमुख ढकाल र प्रमुख स्काउटरका रूपमा उपप्रमुख खनाललाई दीक्षित गरेकाे हाे ।

नेपाल स्काउट नियमावली २०७७ ले नगर स्काउटकाे नगरपालिका प्रमुख संरक्षक र उपप्रमुख प्रमुख स्काउटर हुने व्यवस्था गरेकाे छ । दीक्षान्त समाराेहमा बाेल्दै नगर प्रमुख ढकालले वीरेन्द्रनगरका बालबालिकाहरूलाई पढाईसंगै सामाजिकीकरण, राष्ट्र, राष्ट्रियता र नैतिक शिक्षाका कुरा सिकाउन उत्तिकै आवश्यक रहेकाे भन्दै स्काउटकाे माध्यमबाट सिकाउन सकिने बताउनुभयाे ।

उहाँले विद्यालयमा स्काउटका कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउनुभयाे ।

शिक्षा शाखा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले विद्यालयमा स्काउटका गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयाे । यस्तै स्काउट कर्णाली प्रदेशका प्रमुख कमल बाेहाेराले स्वंसेवि एवं अनुशासित नागरिक तयार गर्नका लागि स्काउट शिक्षा आवश्यक रहेकाे बताउनुभयाे ।

वीरेन्द्रनगर स्काउट तदर्थ समितिका अध्यक्ष निलकण्ठ गाैतमले वीरेन्द्रनगरका विद्यालयमा स्काउटका कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाबाट आवश्यक सहयाेगकाे अपेक्षा गरेकाे बताउनुभयाे ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top