होमपेज / समाज
काठमाडौं । भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।
श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको हाे।भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हाे।